मूल्यवृद्धि फिर्ता लिन माग गर्दै नेविसंघ सडकमा

363

काठमाडौं – पेट्रोलियम पदार्थमा गरिएको मूल्यवृद्धि फिर्ता लिन माग गर्दै प्रतिपक्षी दल कांग्रेस निकट नेपाल विद्यार्थी संघले आयल निगम अगाडि प्रदर्शन गरेको छ ।

लकडाउनका कारण दैनिक गतिविधि ठप्प हुँदा जनताको रोजी रोटी बन्द हुने अवस्थामा मूल्यवृद्धि गर्नु उचित नभएको भन्दै नेविसंघले काठमाडौंको बबरमहलस्थीत नेपाल आयाल निगम अगाडि धर्नासहित विरोध प्रदर्शन गरेको हो ।

विद्यार्थीहरुले दैनिक रोजगारी गरेर खाने आम जनताको अवस्था भयावह हुँदै गएको अवस्थामा सरकारले महँगी बढाएर जनताको ढाड भाँच्न थालेको भन्दै तत्काल मूल्यवृद्धि फिर्ता गर्न माग गरेका थिए ।
नेविसंघ अध्यक्ष राजीव ढुङ्गानाले आयल निगम जहिले घाटामा जाने तर कर्मचारीहरुको महल ठडिने यो कदापी हुनसक्दैन, बढाएको मूल्यवृद्धि तत्काल फिर्ता लिई, निगममा भएका काला बजारी र भ्रष्टाचारको छावविन गर्न माग गरे ।

महामन्त्री मनोज बैद्यले सरकारले अहिलेको अवस्थामा नियोजित ढंगले जनतालाई दुःख दिने गरी मूल्यवृद्धि गरेको भन्दै विरोध गर्नुपरेको बताए ।प्रदर्शनमा सहभागीहरुले ‘जनता मार्न पाईदैन’, ‘हामी धेरै जान्दैनौँ, मूल्यवृद्धि मान्दैनौँ’, ‘सरकारको पाराले दुःख पाए साराले’ लगाएतका नारा लगाएका थिए । यसअघि नेविसंघले मूल्यबृद्धिको विरोधमा निगममा ज्ञापन पत्र बुझाएका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here