रूसमा काेभिड १९ संक्रमितकाे संख्या ७ लाख २० पुग्याे ११ हजार २०५ को मृत्यु

76

एजेन्सी – ६ महिनाभन्दा बढी समयदेखि फैलिएको कोरोना भाइरसको संक्रमणले रूसमा ७ लाख २० हजारभन्दा बढी मानिस संक्रमित भएका छन् ।

आइतबार बिहान यो समाचार तयार पार्दासम्म पछिल्लो २४ घण्टामा १८८ जनाको मृत्यु भएपछि ज्यान गुमाउनेको संख्या ११ हजार २०५ पुगेको हो ।

एकै दिन ६ हजार ६११ जनामा संक्रमण देखिएपछि संक्रमित हुनेको संख्या ७ लाख २० हजार ५४७ पुगेको छ । २ लाख ११ हजार ८९६ जनाको उपचार भइरहेको छ भने ४ लाख ९७ हजार ४४६ जना संक्रमणमुक्त भएको वर्ल्डोमिटर्सले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here