झापा – नक्कली भारतीय नोट सहित ३२ जनालाई प्रहरीले पक्राउ गरेको छ । नक्कली जस्तो देखिने १ लाख ४४ हजार भारतीय नोट सहित ३ जनालाई आइतबार दिउँसो प्रहरीले पक्राउ गरेको हो ।
साथै, उक्त कारोबारमा खुर्सैद आलम र एराजुल हक समेत संलग्न रहेको अनुसन्धानबाट खुल्न आएपछि आलम र हकलाई समेत सुरुङ्गा बजारबाट प्रहरीले पक्राउ गरेको हो । उनीहरुको साथबाट २० हजार ५ सय नेपाली रुपैयाँ समेत प्रहरीले बरामद गरेको छ । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

















