नेपाल लिपि गुथि तथा काठमाडौं महानगरपालिकाको संयुक्त आयोजनामा काठमाडौं खुसिबुमा अवस्थित नेपाः ब्यांक्वेटमा नेपालको राष्ट्रिय पहिचान कायम भएको मौलिक कलात्मक लिपि रंजना लिपिया ‘रंजना लिपि वर्णमाला’ प्रर्दशनी हुने भएको छ ।
भोलि शनिवार चैत्र ९ गते अर्थात ने.सं. ११३९ चिल्लागा तृतिया बिहान करिब ९ बजे ‘रंजना लिपि वर्णमाला’ प्रर्दशनी कार्यक्रममा सबैलाई भाग लिनका निम्ति आयोजक संस्थाहरुले आह्वान गरेको छ ।
रंजना लिपि नेपालको पहिचानका साथैं मौलिक व कलात्मक लिपि हो भने यहि लिपिबाट संयुक्त राष्ट्र संघमा हाम्रो ‘नेपाल’ हो भनि दर्ता भएको हो । इतिहासको कालखण्डमा मुख्यतया नेपाल भाषा लेख्न प्रयोग गरिएको थियो ।
छिमेकी राष्ट्र भारतका मठहरुमा पनि प्रयोग गर्न थालियो, तिब्बत , चीन समुद्र तट , मंगोलिया , र जापान यसको प्रसार बढेको थियो ।
















