खेलकुद मन्त्रालयका सहसचिवमा मानबहादुर विश्वकर्मा

212

काठमाडाैं – युवा तथा खेलकुद मन्त्रालयका सहसचिव मानबहादुर विश्वकर्मा सचिवमा बढुवा भएका छन्।

सोमबार साँझ बसेको मन्त्रिपरिषद् बैठकले विश्वकर्मालाई राजपत्रांकित विशिष्ट श्रेणीको सचिवमा बढुवा गर्ने निर्णय गरेको हो। विश्वकर्मा दलित समुदायबाट नेपाल सरकारको सचिव हुने पहिलो व्यक्ति हुन्।

पाल्पा साबिकको देउराली गाविसमा जन्मिएका विश्वकर्मा २०४७ सालमा सरकारी सेवामा प्रवेश गरेका थिए। उनी पछिल्लो समय कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयका सचिव थिए। केही महिनाअघि उनको युवा तथा खेलकुद मन्त्रालयमा सरूवा भएको थियो। विश्वकर्माले माइक्रोफाइनान्समा पिएचडी गरेका छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here