काठमाडाैं – कञ्चनपुरमा दुई मोटरसाइकल एक आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने तीन जना घाइते भएका छन् ।
प्रहरीले मंगलबार बेलुकी म १ प ७५५७ नम्बरको मोटरसाइलले सोही दिशामा अगाडी गइरहेको से ५ प २१४४ नम्बरको अर्को मोटरसाइकललाई ठक्कर दिँदा पछाडिको मोटरसाइकलमा सवार कृष्णपुर नगरपालिका वडा नम्बर ५ का ६० बर्षे पदमराज भट्टको मृत्यु भएको जनाएको छ। अगाडि गइरहेको मोटरसाइकलका चालक धनबहादुर ठगुन्नालाई प्रहरीले नियन्त्रणमा लिएको छ।