पानीमा डुबेर मृत्यु

300

काठमाडौं –  भरतपुर महानगरपालिका-२७ पुरानो पटेहानी बस्ने राज कुमार महतोको छोरा ४ वर्षीय आयुस महतोको आफ्नै घर अगाडि रहेको नहरमा डुबेर बुधबार दिउँसो मृत्यु भएको छ । डुबेर गम्भीर घाइते भएका उनलाई उद्धार गरी जिल्ला सरकारी अस्पताल भरतपुर ल्याइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।

मोरङ, रतुवामाई नगरपालिका-३ चौकिघाटबाट रतुवा खोला तरी झापातर्फ जाने क्रममा असार २८ गते खोला तर्ने क्रममा बगाई बेपत्ता भएका सोही नगरपालिका-७ बस्ने २३ वर्षीय अरुण ऋषीदेवको मृत्यु भएको छ । उनको खोजी गर्ने क्रममा सोही ठाउँ मिर्चाडाँगीमा खोलामा बुधबार दिउँसो शव फेला परेको हो । यस सम्बन्धमा प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here