एजेन्सी – संसारभर फैलिएको कोरोना भाइरसको लक्षण अहिलेसम्म अन्यौल रहेको देखिन्छ । हालसम्म कोरोना संक्रमित मानिसमा देखिएका विभिन्न लक्षणलाई आधार मानिएको छ । कोरोना संक्रमित व्यक्तिहरुमा छाला सम्बन्धित खराबी देखिएको विषयसित सबै अवगत छन् । तर भाइरसको संक्रमण शरीरमा विकास हुनासाथ यसले मुखमा खराबी निम्त्याउने गर्दछ ।
दादुरा, मुखमा समस्या भएको व्यक्तिमा इनेन्थेमको लक्षण देखिने गर्दछ । अप्रिलको सुरुवाती महिनामा म्याड्रिडको अस्पतालमा वैज्ञानिकहरुले २१ जना विरामीमा छाला र इनेन्थेमको लक्षणबारे परिक्षण गरेका थिए । त्यसमध्ये ६ जनामा इनेन्थेमको लक्षण पुष्टि भएको रिसर्चले देखाएको छ । लक्षण देखिएको ६ जना ४० देखि ६९ वर्ष उमेरको पाइएको छ ।
कोरोना लक्षण देखिएको २४ घण्टाभित्र इनेन्थेम अथवा मुखमा खराबी देखिन सुरु हुने विज्ञहरुले जनाएका छन् । यस लक्षणका लागी छुट्टै औषधी नरहेको जनाइएको छ । मुखमा खराबी देखिएपछि उक्त व्यक्तिमा संक्रमण रहेको सम्भावनालाई यस लक्षणले मजुबुत गर्दछ । संक्रमण देखिएको मानिसहरुको प्राय जसो मुखको परिक्षण नभएको समेत जनाइएको छ । आफू सर्तक रहेमा यस संक्रमणबाट जोगिने प्रवल सम्भावना हुने जनाइएको छ ।

















