सहकारीको एक वर्षसम्म ऋण तिर्नु नपर्ने, ब्याजमा पनि छुट

251
3d illustration. White man sale announcement with megaphone, shopping bag and percent sign on white background

काठमाडौं – सहकारीका सदस्यले एक वर्षसम्म ऋण नतिर्दा हुने भएको छ। म्याद थप भएको समयमा उनीहरुले ब्याजसमेत तिर्नु नपर्ने गरी सहकारी विभागले निर्देशन जारी गरेको छ।

सहकारी विभागले शुक्रबार निर्देशन जारी गर्र्दै ६ महिनादेखि एक वर्षसम्म ऋणको भाखा सार्न सकिने जनाएको छ। ऋणको म्याद थप भएसँगै सावा ब्याज तिर्नु नपर्ने भएको छ। कोरोनाका कारण ऋणी सदस्यमा परेको प्रभावको कारण साँवा वा ब्याजको भुक्तानी म्याद थप गरेबापत ऋणी सदस्यबाट लिन नपाइने व्यवस्था गरेको हो।

आर्थिक वर्ष २०७६र०७७ मा असुल हुन नसकेको कर्जाको किस्ता ऋणी सदस्यको आवश्यकता, व्यवसाय सुचारु हुन लाग्ने समय र जोखिमको मुल्यांकन गरी संचालक समितिको निर्णयानुसार बढीमा ६ महिनासम्म र नियामक निकायको पूर्वस्वीकृति लिएमा एक वर्षसम्म भाका सार्न सकिने व्यवस्था विभागले गरेको हो।

विभागले आव २०७६र०७७ को असुली हुन बाँकी ब्याज रकमलाई साउन महिनाभर प्राप्त भएमा अघिल्लै आर्थिक वर्षको आम्दानी मानी लेखाङ्कन गर्न चाहेमा एकपटकका लागि बाधा नपर्ने व्यवस्था गरेको समाचार आजको अन्नपुर्ण पोस्टले छापेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here