शनिबार कोरोना संक्रमित थपिए १०९ जनासहित कुल संक्रमित १८ हजार ४८३ पुग्याे

99

काठमाडौं- विगत २४ घण्टायता नेपालमा थप १ सय ९ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

पछिल्लो २४ घण्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

पछिल्लो पटक थपिएकासहित नेपालमा संक्रमितको संख्या १८ हजार ४८३ जना पुगेको छ। हाल ५ हजार ३ सय ८५ जना संक्रमितको उपचार भइरहेको छ। पछिल्लो २४ घन्टामा ४ हजार ७५ पिसिआर परीक्षण गरिएको स्वास्थ्य मन्त्रालयले जानकारी दिएको छ।

बिहीबार थप १०६ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १३ हजार ५३ उपचारपछि निको भएका छन्।   हालसम्म नेपालमा ४३ जना कोरोना संक्रमितको मृत्यु भएको जानकारी मन्त्रालयले दिएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here