अवैध लागूऔषध सहित पक्राउ

473

काठमाडौं – कास्की, पोखरा महानगरपालिका-१२ चापापानीमार्गमा डेरा गरी बस्ने महोत्तरी गाउँपालिका(१ घर भएका २८ वर्षीय रोहित कुमार पाण्डेयललाई नियन्त्रित लागूऔषध नाईट्राभेट ९ सय ७४ चक्की सहित बिहीबार बेलुका प्रहरीले पक्राउ गरेको छ । पाण्डेयले अबैध

लागूऔषध खरिद गरी पोखरा नगर क्षेत्रका विभिन्न स्थानहरुमा किनबेच, ओसारपसार र सञ्चय समेत गर्ने गरेको भन्ने प्राप्त सूचनाको आधारमा लागूऔषध नियन्त्रण व्यूरो शाखा कार्यालय पोखराबाट खटिएको प्रहरी टोलीले पाण्डेयको कोठा तलासी लिने क्रममा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो । बरामद लागूऔषध सहित आवश्यक कारबाहीका लागि जिल्ला प्रहरी कार्यालय कास्की पठाइएको उक्त व्यूरोले जनाएको छ ।

सुनसरी, धरान उपमहानगरपालिका(२० माछामाराबाट अवैध लागूऔषघ गाँजा करिब २ किलो सहित धनकुटा शहिदभूमि गाउँपालिका-९ बस्ने १९ वर्षीय सुजन राईलाई बिहीबार राति प्रहरीले पक्राउ गरेको छ । अस्थाई प्रहरी पोषट विष्णुपादुकाबाट खटिएको प्रहरीले शंका लागि उनलाई जाँच गर्ने क्रममा झोलामा उक्त लागूऔषध सहित फेला पारी उनलाई पक्राउ गरेको हो ।

यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here