काेराेना संक्रमित कुल संख्या २०,३३२ पुग्यो

132

काठमाडौं – पछिल्लो २४ घन्टामा नेपालमा थप २४६ जनामा कोरोना भाइरसको संक्रमण देखिएको छ।

२४ घन्टामा देशका विभिन्न प्रयोगशालामा गरिएको ८ हजार ८ सय ६१ जनाको परीक्षणका क्रममा यी व्यक्तिमा कोरोना भाइरसको संक्रमण पोजेटिभ देखिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिएका हुन्।

आज थपिएका सहित नेपालमा संक्रमितको संख्या २० हजार ३ सय ३२ जना पुगेको छ। आइतबार थप १११ जना कोरोना संक्रमणमुक्त भएका छन्। योसहित नेपालमा हालसम्म १४ हजार ६ सय ३ जना उपचारपछि निको भएका छन्। देशमा हालसम्म ५७ जना संक्रमितको मृत्यु भएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here