अवैध लागूऔषध गाँजासहित पक्राउ तथा बरामद

267

काठमाडौं – काठमाडौं महानगरपालिका-६ बौद्ध टाउन प्लानिङस्थित सडकबाट आधा केजी अवैध लागूऔषध गाँजासहित महाराजगंज बस्ने कैलाली टिकापुर नगरपालिका-१ घर भएकी ६० वर्षीया संगिता शर्मालाई मंगलबार प्रहरीले पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त बौद्धबाट खटिएको प्रहरीले बा.९० प १५२९ नम्बरको स्कुटर जाँच गर्ने क्रममा डिकीमा उक्त लागूऔषधसहित फेला पारी स्कुटर चालक शर्मालाई पक्राउ गरेको हो ।

सर्लाहीकाे  लालबन्दी नगरपालिका-८ बाट करिब १५ किलो अवैध लागूऔषध गाँजा मंगलबार प्रहरीले बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय लालबन्दीबाट खटिएको प्रहरीलाई देख्नासाथ ना.४९ प ७७६१ नम्बरको मोटरसाइकल छोडी चालक फरार भएपश्चात टरसाइकल जाँच गर्ने क्रममा झोलामा राखेको अवस्थामा उक्त लागूऔषध गाँजा फेला पारी
प्रहरीले बरामद गरेको हो । फरार मोटरसाइकल चालकको प्रहरीले खोजी गरिरहेको छ । यस सम्बन्धमा स्थानीय प्रहरीले थप अनुसन्धान गरिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here