काठमाडाैं – नवीन चौहान निर्देशित म्युजिक फिल्म ‘तीनपाते’ सार्वजनिक गरेका छन् । करिव ९ मिनेट लामो भिडियोलाई गीति–कथाको रुपमा प्रस्तुत गरिएको निर्देशक चौहान गरेकाे छ । यसअघि उनी निर्देशित ‘के माया लाग्छ र’ म्युजिक भिडियो निकै रुचाइएको थियो ।
सोही गीतका समूहले ‘तीनपाते’ सार्वजनिक गरेका हुन् । यसमा गीतकार हर्क साउद हुन् । संगीत संयोजन सुजन चापागाइले गरेका छन् । स्वर सुजन र बिद्या तिवारीले दिएका छन् । गीति कथामा मिलन खत्री, अनु काफ्लेको मूख्य भूमिका छ । सम्रान्त थापा, नयन नेपाल आयुष्मा काफ्ले, मुना धिताल, हर्क साउद, कविता थापा, विष्णु खत्री, सुजन खत्री लगायतको अभिनय रहेकाे छ ।
लकडाउनले गर्दाे सर्वत्र मन्दी छाएको छ । अर्थतन्त्र धरासायी बनेको छ, युवाहरु बेरोजगार भएका छन् । समाज अभाव, भय, निरासासँग पैठेजोरी खेल्दैछ । यही पृष्टभूमीमा ‘तीनपाते’ले एउटा युवाको संघर्षको उत्साहजनक कथा पेश गरेको छ । गाउँमै उद्यम गरेर आर्थिक÷सामाजिक रुपमा कसरी सबल बन्न सकिन्छ भन्ने मर्मलाई केन्द्रमा राखेर गीति कथा बनाइएकाे छ ।
यो खबर पढेर तपाईलाई कस्तो महसुस भयो ?
85%
खुसी
0%
दुःखी
8%
अचम्मित
0%
उत्साहित
8%
आक्रोशित
ट्रेन्डिङ
सम्बन्धित खवर
Advertisment
































प्रतिक्रिया0