संसारभर कोरोनाबाट ७ लाख १२ हजारको मृत्यु

95

काठमाडाैं – संसारभर कोरोना भाइरसको संक्रमणबाट मृत्यु हुनेहरुको संख्या १ करोड ८९ लाख पुगेको छ।

जोन्स हप्किन्स विश्वविद्यालयको पछिल्लो तथ्यांकअनुसार विश्वभर संक्रमितहरुको संख्या १ करोड ८९ लाख ८६ हजार ६ सय २९ पुगेको हो। हालसम्म ७ लाख १२ हजार ३ सय ३४ जनाको मृत्यु भइसकेको छ भने १ करोड १४ लाख ७७ हजार ८ सय ३४ जना निको भइसकेका छन्।

सबैभन्दा बढी प्रभावित अमेरिकामा संक्रमितको संख्या ४८ लाख ७६ हजार ७ सय ९० पुगेको छ भने १ लाख ५९ हजार ९ सय ९० जनाको मृत्यु भएको छ। यस्तै, ब्राजिलमा २९ लाख १२ हजार २ सय १२ संक्रमित र ९८ हजार ४ सय ९३ को मृत्यु, भारतमा १९ लाख ६४ हजार ५ सय ३६ संक्रमित र ४० हजार ६ सय ९९ को मृत्यु र रुसमा ८ लाख ७० हजार १ सय ८७ संक्रमित र १४ हजार ५ सय ७८ जनाको मृत्यु भएको एजेन्सीहरुले जनाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here