प्रभुको ऋणपत्र बढि बिक्यो, आज अन्तिम दिन

214

काठमाडौ – प्रभु बैंकले निष्काशन गरेको ऋणपत्र पहिलो तीन दिनमा नै बिक्री भइसकेको जनाइएको छ। सर्वसाधारणका लागि निष्काशन भएको ऋणपत्रमा मागभन्दा बढी आवेदन परेपछि आज कार्यालय समय पछि बिक्री बन्द हुँदै छ । ऋणपत्र विक्री प्रवन्धक नविल इन्भेष्टमेन्ट बैंकिङ रहेको जनाईएको छ।

बैंकले गत सोमबारदेखि दुई अर्ब रुपैयाँको ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको थियो। कुल दुई अर्बमध्ये ८ लाख कित्ता सर्वसाधारणका लागि निष्काशन गरिएको छ। सर्वसाधारणतर्फको ४० हजार कित्ता सामूहिक लगानी कोषलाई बाँडफाँड भैसकेको बैंकले जनाएको छ। बाँकी ७६ करोड रुपैयाँको सर्वसाधारण ऋणपत्र र एक अर्ब २० करोड रुपैयाँको ऋणपत्र पछिल्लो तीन दिनमा बिक्री भएपछि आजदेखि बिक्री बन्द गरिंदै छ ।

लगानीकर्ताहरुले आज कार्यालय समयसम्म आवेदन दिन सक्ने जनाइएको छ ।

यो ऋणपत्रको अवधि विक्रम सम्बत् २०८४ सम्म कायम रहने जनाइएको छ। यस अवधिमा लगानीकर्ताले १० प्रतिशत व्याज पाउने छन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here