जसपामा अहिले अध्यक्षमा महन्थ ठाकुर र उपेन्द्र यादव छन् भने वरिष्ठ नेतामा राजेन्द्र महतो, बाबुराम भट्टराई र अशोक राईलाई मात्रै राखिएको छ। अरु उपाध्यक्ष, महासचिव, सचिव, कोषाध्यक्ष र सहकोषाध्यक्षलगायत पदाधिकारीको चयन हुन बाँकी छ। यसअघि राष्ट्रिय जनता पार्टी९राजपा०का अध्यक्ष मण्डलका सदस्यहरुले उपाध्यक्षमा दाबी गरेका छन् । जसमा अनिल झा, शरतसिंह भण्डारी र राजकिशोर यादवले आफूले सम्मानजनक स्थान पाउनुपर्ने दाबी गरेका छन्। कार्यविभाजन कसरी मिलाउने भन्ने विषयमा तत्कालीन राजपा र समाजवादी पार्टी पक्षका शीर्ष नेतृत्वलाई गाह्रो भएको हो।
एकतापछिको पहिलो बैठकमा समसामायिक राजनीतिक प्रस्ताव, पार्टीको आर्थिक व्यवस्थापन, समायोजन र आन्तरिक आचारसंहितासम्बन्धी प्रस्तावका विषयमा छलफल भएको नेता केशव झाले बताए। तुलसीलाल स्मृति भवनमा जारी कार्यकारी समितिको बैठक आज शनिबारै सक्ने तयारी भएको छ।
















