संसारभर कोरोनाबाट सात लाख २९ हजारले ज्यान गुमाए

105
काठमाडौं – संसारभर  एक करोड ९८ लाख तीन हजार भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ ।

विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या एक करोड ९८ लाख तीन हजार तीन जना पुगेको छ । यस्तै, आईतबार विहानसम्म सात लाख २९ हजार पाँच सय ६८ जनाको कोरोना संक्रमणबाट मृत्यु भइसकेको छ भने एक करोड २७ लाख २० हजार दुई सय २५ जना कोरोना मुक्त भइसकेका छन् ।

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित भएकाे छ ।

अमेरिकामा मात्र एक लाख ६५ हजार ७० जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख पाँच हजार ४३ , भारतमा ४३ हजार पाँच सय ५३ जनाले कोरोनाबाट गुमाईसकेका छन् ।  पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।

हालसम्म  मेक्सिकोमा ५२ हजार ६ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय ९५ जनाले ज्यान गुमाएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here