एक सय चालीस वर्षपछि बेइजिङमा भीषण वर्षा

52
(230801) -- BEIJING, Aug. 1, 2023 (Xinhua) -- Railway workers remove fallen trees from railway tracks in Shuiyuzui Village in flood-hit Mentougou District, Beijing, capital of China, Aug. 1, 2023. Several districts in the city, including the hardest-hit Fangshan and Mentougou, maintained the highest-level alert for flood control on Tuesday, as downpours will continue, the city's flood control authorities said. (Xinhua/Ju Huanzong)

 

बेइजिङ,  । चीनको राजधानी बेइजिङलगायत आसपासका क्षेत्रमा हालै परेको मुसलधारे वर्षा एक सय ४० वर्षपछि भएको मौसमविज्ञान विभागका अधिकारीहरूले बताएका छन् ।

बेइजिङ मौसमविज्ञान विभागका अनुसार आँधीसहित चाङपिङको वाङ्जियायुआन जलाशय आसपासको क्षेत्रमा ७४४ दशमलब आठ मिलिमिटर  वर्षा भएको छ । सन् १८९१ मा ६०९ मिलिमिटर पानी परेको थियो ।

राजधानी र आसपासका क्षेत्रमा शनिबारदेखिको मुसलधारे वर्षाबाट १३ करोड चिनियाँ प्रभावित भएका छन् । वर्षाको यो अभिलेख विगत ४० घण्टाको हो । राजधानी बेइजिङ र छिमेकी हेबेई प्रान्तमा नौ लाख ७४ हजार चार सय जना विस्थापित भएका छन् ।

वर्षामा कमी आएसँगै नदीमा जलस्तर पनि घट्दै गएको छ । अधिकारीहरूले जोखिमसूचक तहबाट पानीको सतह तल झरेको बताएका छन् । साथै उनीहरूले सर्वसाधारणलाई सचेत गराउने चेतावनीका सूचना पनि हटाएका छन् ।

बाढीपहिराेमा परी कम्तीमा २० जनाले ज्यान गुमाएका छन् भने कैयौँ घाइते भएका छन् । राजधानीका एक लाख बाढीपीडितको उद्धार गरिएको छ भने रेलमा अलपत्र परेका यात्रीलाई हेलिकप्टरबाट खानेकुरा खसाएर सहयोग गरिएको थियो । साथै उनीहरूलाई सैनिक जवानले उद्धार गरेका थिए । उद्धारका क्रममा मङ्गलबार दुई जनाले बेइजिङमा ज्यान गुमाएकाे बताइएको छ । रासस/एएफपी

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here