रोजर फेडेररले १०० औं एटीपी टुर उपाधि जित्न सफल भएको छ । मिलानमा पहिलो उपाधि जितेको ६ हजार ६६० दिनमा फेडेररले दुबई टेनिस च्याम्पियनसिपमा १०० औं एटीपी टुर उपाधि उचालेका हुन् । ३७ वर्षीय स्वीस फेडेररले ग्रिका स्टेफानोस सित्सपेजलाई ६(४ र ६(४ को सेटमा पराजित गरेका थिए । उनले ४ फेब्रुअरी २००१ मा फ्रान्सका जुलियन बाउटरलाई पराएर पहिलो उपाधि जितेका थिए । ‘आज सपना पूरा भएको छ,’ २० पटकका ग्राण्डस्लाम विजेता फेडेररले भनेका छन् । यसअघि अमेरिकी जेमी कोनर्सले १९८३ मा यो कोशेढुंगा पार गरेका थिए ।


















