नेपालमा कोरोना संक्रमित ७ सय १० जना थपिदा दुई जनाकाे ज्यान गयाे

39

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमणदर उकालो लाग्ने क्रममा रहेको छ । पछिल्लो २४ घण्टामा ७१० जनामा सङ्क्रमण पुष्टि भएको छ भने दुईजना सङ्क्रमितको मृत्यु भएको छ ।

स्वास्थ्य तथा जनसङख्या मन्त्रालयाका अनुसार पाँच हजार २५ जनाको आरटी पीसीआर र एन्टिजेन परीक्षण गर्दा ७१० जनामा कोरोना पुष्टि भएको हो ।

मन्त्रालयका सहप्रवक्ता डा. समीर अधिकारीले दुई हजार ५४१ जनाको आरटी पीसीआर गर्दा ५२४ जनामा र दुई हजार ४८४ को एन्टिजेन परीक्षण गर्दा १८६ जनामा कोरोना पुष्टि भएकोे हो । परीक्षण गरिएकामध्ये १४.१० प्रतिशतमा कोरोना पुष्टि भएको छ ।  सङ्क्रमितमध्ये सबैभन्दा बढी काठमाडौं उपत्यकामा २४९ जनामा कोरोना पुष्टि भएको छ ।

जसमा काठमाडौंमा २४४, भक्तपुरमा १६ र ललितपुरमा ६४ जना सङ्क्रमित भएका छन् ।  २४ घण्टामा २१५ जना सङ्क्रमणमुक्त भएका छन् भने ५९ हजार ४७१ जनाले कोरोनाविरुद्धको खोप लगाएका छन् । त्यस्तै, हाल नेपालमा सक्रिय सङ्क्रमितको सङ्ख्या चार हजार २३६ पुगेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here