विवाद होइन दबाब सुरु गरौा

151

 उत्तम अर्याल

 
लामो समयदेखि संक्रमणकाल भोगिरहेको नेपालमा गत वर्ष नयाा संविधान पाएसागै केही सकारात्मक संकेतहरू देखापरेका छन् । यद्यपि यसबीचमा नेपालले केही दु:ख नपाएको भने होइन र त्यो संकट अझै टरिसकेको पनि छैन । संविधान जारी हुनुभन्दा अघि विनाशकारी भूकम्पका कारण नेपालीहरूले असह्य पीडा भोग्नुपर्‍यो भने संविधान जारी भएपश्चात् छिमेकी देश भारतले गरेको नाकाबन्दीका कारण अझ अनाहकमा कष्टमाथि कष्ट भोग्नुपर्‍यो । संविधानप्रति नै असन्तुष्टि जनाउादै आएका मधेसी दलहरूले आफ्नो आन्दोलनको भारी बिसाएका छैनन् । मुलुकमा अझै तनावको अवस्थामा सुधार आइसकेको छैन । भूकम्प र नाकाबन्दीका कारण अव्यवस्थित बनेको बजारको अवस्था, अस्वाभाविक मूल्यवृद्धि, पुनर्निर्माणको सुस्तता, भ्रष्टाचारको अवस्थामा पनि सुधार त देखिएको छैन । तर पनि यसबीचमा नेपाललाई अघि बढाउने केही सपनाहरू देखिएका छन् । नेपालले पनि केही गर्नसक्छ है भन्ने दृढता प्रकट भएका छन् । जुन आफौमा स्वागतयोग्य कुरा हो ।

 
प्रधानमन्त्री केपी शर्मा ओलीले सत्ताको नेतृत्व लिएसागै नेपालीहरूलाई ठूला–ठूला सपना देखाउनुभएको छ । यद्यपि यो उहााले आफ्नै कार्यकालमा कति पूरा गर्न सक्नुहुन्छ/हुादैन यो फरक पाटो हो । तर कमसेकम हामी नेपालीहरूले कस्तो लक्ष्य राख्नुपर्छ भनेर उहााले बाटो त देखाउनुभएको छ । गणतन्त्रको आगमनपश्चात् नेपालमा विदेशीहरूको चलखेल बढेको कुरामा कोही नेपाली अनभिज्ञ छैन । यस्तो अवस्थामा दुई छिमेकी देशहरूसाग समदूरी राख्ने प्रयास अहिलेको सरकारले जसरी गरेको छ, त्यो आफौमा प्रशंसनीय छ । त्यस्तै राष्ट्रिय पक्षमा ओली सरकारले राखेको अडानकै कारण आज नेपालमा भारतीय पक्ष हावी हुन सकेको छैन । विगतमा भारतकै स्वार्थमा नेपालका नेताहरू हिाड्नाले विकासका कामहरू अवरुद्ध भएको तथ्य कसैसामु लुकेको छैन । यस्तो अवस्थामा ओली सरकारले भारत र चीन दुवै देशहरूसाग समाना मित्रवत् व्यवहार गरेसागै नेपालको अवस्थामा सुधार आएको देख्न सकिन्छ । प्रधानमन्त्री ओलीले नेपालको विकासको कुरा गर्दा केही पार्टी तथा तिनका भातृसंगठनहरूले हावादारी कुरा गरेको भन्दै उनको मजाक उडाउने प्रयास गरे । यसले हाम्रा राजनीतिक दलका नेता र हामी युवाहरू नै कति संकीर्ण सोचका रहेछौा भन्ने पुष्टि गरेको छ ।

 

प्रधानमन्त्रीले उठान गर्नुभएका विकासका योजनाहरूलाई विरोध होइन बरु त्यो कार्य पूरा गर्न दबाब दिने वातावरणको निर्माण गर्नुपर्ने हो । तर दुर्भाग्य केही गर्छु भन्नेलाई प्रोत्साहनभन्दा पनि खुट्टा तान्ने प्रवृत्ति हामी नेपालीहरूको छ भन्ने यो घटनाले पुष्टि गरेको छ ।

 
सरकारले हाल उठाएका योजनाहरू सकारात्मक छन्, पूरा गर्न सम्भव छन्, विकसित नेपालको निर्माण गर्ने नारा बनाएका हरेक राजनीतिक दलले यी कुराहरूलाई आफ्नो एजेण्डा बनाएर अघि बढ्न जरुरी छ । हामी युवाहरूले पनि यस्ता विकासका कुराहरूको समर्थन र हौसला बढाउने काम गर्नुपर्छ न कि विरोध । यदि विरोध गर्ने नै हो भने यस्ता विकासका योजना पूरा हुन नदिने तत्वको विरोध गर्न जरुरी छ । वर्षौंदेखि नेपाललाई विकसित हुन नदिने व्यक्ति, प्रवृत्तिको खोजीखोजी भण्डाफोर गर्न आवश्यक छ । नेपाललाई सधैं अस्थिर बनाउन खोज्ने, जनतालाई भ्रममा राख्ने, राष्ट्रलाई घाटा पारे विदेशीलाई योजना सुम्पने, देशलाई विखण्डन गर्न खोज्ने, विदेशीको कठपुतली बनेर देशद्रोही गतिविधि गर्नेहरूको हामी युवाहरूले विरोध गर्न आवश्यक छ । आज नेपाली युवाहरू बेरोजगारीको कारण विदेशी भूमिमा जस्तोसुकै कष्ट गरेर मजदुरी गर्न विवश छौा । आफ्ना प्रियजनहरूबाट टाढा रहेर विदेशीको अनेक यातना सहन बाध्य छौा । यस्तो अवस्थामा ल्याउनेहरूको हामीले विरोध गर्न आवश्यक छ । सरकारले उठाएको यो एजेण्डामा सबै दलहरू सहभागी हुन आवश्यक छ । सबै दलहरू एकढिक्का भएर राष्ट्रिय सहमतिको सरकार गठन गरेर नेपालको कायापलट गर्ने अवसर आएको छ । हालै सरकारले आफ्नो बजेट घोषणामार्फत ठूला आयोजनाहरूलाई प्राथमिकता दिएको छ । देशमा पूर्वाधार, सडक, विमानस्थल, रेल्वे मार्ग, ऊर्जा र सिाचाइलगायतका क्षेत्रहरूलाई प्राथमिकता दिएको छ । यो योजनाको विरोध होइन कसरी यसलाई सफलीभूत पार्न सकिन्छ त्यसमा सबै दलहरूले आवश्यक छलफल, एकता र एकढिक्का भएर अघि बढ्न सकिन्छ । दु:खकष्ट, आन्दोलन र धेरै तन्त्रहरू आए पनि जनताले सुखको सास फेर्न सकेका छैन । अब देशको भाग्य परिवर्तन गर्ने उचित बेला आएको छ । यस्तो बेलामा सबै दलहरू मिलेर राष्ट्रिय सहमति सरकार बनाएर आर्थिक विकासमा लाग्नुको विकल्प छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here