बजेट कृषि क्षेत्रको लागि सकारात्मक छ तर महत्वपूर्ण पक्षहरु छोडिएका छन्

176

 हरिबोल गजुरेल, कृषि विकासमन्त्री

एमाले र तपाईंहरूको पार्टीबीच बजेटपछि प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने भद्र सहमति भएकै हो ?
हो कि होइन भन्ने विषयमा त बहसै गर्नुपरेन नि । एमालेका नेताहरू आफौले हो भनेर भनिरहनु भएको छ ।
प्रधानमन्त्री केपी शर्मा ओलीले त केको भद्र सहमति, नौ बुादे सहमति भएको देख्नुभएको छैन भनेर प्रश्न गर्न थाल्नुभएको छ नि ?
त्यो त उहााले व्यंग्य गरेर भन्नुभएको हो कि के हो त्यो त मैले बुझिना । भद्र सहमति भएको हो कि होइन भन्ने कुरा हामीले भनिरहनु पर्दैन । सहमति भएकै हो । बजेट पारित गरिसकेपछि एउटा प्रक्रिया मिलाएर गर्ने भन्ने कुरा भएको छ । छलफल गरेर एउटा वातावरण मिलाएर गर्ने भन्ने कुरा भएको छ । एमालेले नै प्रचण्डको नाममा प्रस्ताव गरेर छलफल गर्ने भन्ने कुरा भएको हो ।
एमालेका नेताहरूले होइन भनिरहनु भएको छ नि ?
उहााहरूले किन भन्नुभएको मलाई थाहा छैन । पहिला सुशील कोइरालाले त्यस्तै भन्नुभयो । सहमति भएकै होइन भनेर भन्नुभयो । त्यसको परिणाम के भयो त्यो हामीले देखिहाल्यौा । भएको कुरालाई इमानदारितापूर्वक भएकै हो भनेर स्वीकार्नु राम्रो हुन्छ ।

तर प्रधानमन्त्रीले त स्वीकार्नु भएन नि ?
हो, उहााहरूले स्वीकार्नु भएन, उहााका केही जटिलता र अप्ठ्याराहरू होलान् । तर पनि मलाई लाग्छ, उहााले सहमति पालना गर्नुहुन्छ ।
यदि प्रधानमन्त्रीले सहमति पालना गर्नुभएन भने ?
उहााले सहमति पालना गर्नुहुन्छ । संविधान जारी भएपछि एमालेको नेतृत्वमा सरकार बनाउने कुरामा कांग्रेस, एमाले र एमाओवादीबीच भएको सहमति कांग्रेसले पालना गरेन, एमाओवादीले त्यसलाई पालना गर्‍यो । त्यतिबेला पनि प्रचण्डलाई विभिन्न अफरहरू आएका हुन् । तर उहााले म इमानदारिताबाट पछि हट्दिना, सहमति भइसकेको छ, अहिले त्यसलाई पालना गर्नुपर्छ भनेर त्यसमा उहााले अडान लिनुभयो । त्यसैकारण केपी शर्मा ओली प्रधानमन्त्री बन्नुभयो । उहााका अहिले केही अप्ठ्यारा र बाध्यता होलान्, त्यो अलग कुरा हो । तर ढिलोचााडो उहााले त्यो कुरा पालना गर्नुहुन्छ भन्ने मलाई विश्वास छ ।
बजेट पारित भएपछि प्रधानमन्त्री केपी ओलीले राजीनामा दिने र प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति भएको हो ?
बजेट पारित भएपछि छलफल हुन्छ । सरकार गठन आजको भोलि भन्ने कुरा होइन, त्यसको लागि समय त लाग्छ नि । बजेट पारित भएपछि एउटा वातावरण मिलाएर गर्ने कुरा हो ।
प्रधानमन्त्रीले त यही सरकारले चुनाव गराउाछ, तपाईंहरू ढुक्क हुनुहोस् भनेर भन्नुभएको छ नि ?
उहााले भन्ने उहााको कुरा हो । उहााले के भन्ने त्यो उहााले जान्नुहुन्छ । हामीले बुझेको के हो भने सहमति भएकै हो । त्यो कुरा एमालेका नेताहरूले पनि स्वीकार्नु भएको छ । अहिले आएर उहााले किन सहमति भएकै होइन भन्नुभयो, हामीले बुझ्न सकेका छैनौा ।
प्रधानमन्त्रीले सहमति पालना गर्नुभएन भने त्यति बेला तपाईंहरू के गर्नुहुन्छ ?
गर्नुभएन भने किन भन्ने अहिले । हिजो तीन दलबीच भएको सहमति हामीले ठूलो दबाबका बीचमा पनि पूरा गर्‍यौा भने एमालेले पनि पूरा गर्नैपर्छ नि । एमालेले सहमति पालना गर्छ, ढुक्क हुनुस् । अहिले त प्रक्रिया नै बााकी छ । बजेट पारित भएकै छैन । बजेट पारित भएपछि नयाा शिराबाट छलफल गर्ने भन्ने कुरा छ । अहिले कसैलाई गलहत्याएर निकाल्ने भनेको होइन । बजेट पारित भएपछि वातावरण बनाएर गर्ने भन्ने कुरा हो । एमालेले त्यो पालना गर्छ, पालना नगर्दा हिजो जसरी कांग्रेसलाई घाटा भयो त्यही स्थिति एमालेको पनि हुन्छ ।

 
एमालेले सहयोग गरेन भने कांग्रेससाग मिलेर भए पनि सरकारचाहिा बनाउनु हुन्छ ?
होइन, हामीले राष्ट्रिय सरकारको कुरा गरेका हौा । राष्ट्रिय सरकार नबनीकन संविधान कार्यान्वयन हुादैन । शान्ति प्रक्रिया टुंगिादैन, मधेससहित जनजातिहरूको आन्दोलनलाई एउटा निष्कर्षमा पुर्‍याउन सकिादैन । त्यसैले अहिले राष्ट्रिय सरकारको आवश्यकता छ । हामी त्यतातिर गएनौा भने फेरि दुर्घटनातिर जान्छ ।
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व कसले गर्ने ?
राष्ट्रिय सहमतिको सरकारको नेतृत्व गर्न प्रचण्ड नै उपयुक्त पात्र हो भन्ने कुरा त स्पष्ट भइसकेको छ नि ।
प्रधानमन्त्रीले त राष्ट्रिय सहमतिको सरकार बने मेरै नेतृत्वमा बन्छ, अरु कसैको नेतृत्वमा बन्दैन भनेर भन्नुभएको छ ?
उहााको नेतृत्वमा सहमतिको सरकार बने पनि भइहाल्यो नि त । एउटा प्रक्रिया पूरा गरेर प्रचण्डको नेतृत्वमा सरकार गठन गर्ने सहमति गरिसकेकोले मलाई त्यसमा उहााले अड्काउनु हुन्छ जस्तो लाग्दैन । अड्काउनु भयो भने त त्यसको घाटा एमालेलाई नै हुन्छ । हामी किन आत्तिनुपर्‍यो, माओवादी बिल्कुल आत्तिएको छैन । जसले इमानदारिताको पालना गर्दैन, त्यसको सजायले त्यसले नै पाउाछ । हिजो कांग्रेसले इमानदारिता पालना गरेन, जसको परिणाम कांग्रेस अप्ठ्यारो स्थितिमा पुग्यो ।
तपाईंहरू यही गठबन्धनलाई कायम राखेर अघि बढ्न चाहनुहुन्छ ?
हामीले यो गठबन्धन कायम राख्ने भनेको होइन, सहमतिको सरकार गठनको वातावरण बनाउने हो ।
तपाईंहरूले त यही गठबन्धनलाई निरन्तरता दिने सहमति गर्नुभएको छ ?
राष्ट्रिय सहमतिको सरकारको लागि पहल गर्ने कुरा पनि सहमतिमा छ । पहिला त एमाले नै एउटा ठाउामा आउनुपर्‍यो । त्यसपछि अरुलाई ल्याउने कुरा न हो ।
तपाईं कृषिमन्त्री हुादा पनि किसानहरूले त केही पाएनन् नि ?
कृषिक्षेत्रको आधुनिकीकरण र यन्त्रीकरणको पाटो त बजेटमा आएको छ । तर त्यो ाग अभिन्न रूपमा जोडिएको पक्ष, देशका आम किसानलाई उत्साहित गर्ने, राष्ट्रिय अर्थतन्त्रको निर्माणमा उनीहरूको भूमिकालाई सुनिश्चित गर्ने गरी जसरी हामीले किसान सुरक्षा कोष र पेन्सनको अवधारणा ल्याएका थियौा, त्यो नहुादाचाहिा अलिकति अपाङ्ग भयो, लंगडो भयो बजेट कृषिको क्षेत्रमा । कृषि क्षेत्रमा ठूलो बजेट छुट्याइएको त छ तर बजेट पूर्ण हुनसकेन । कृषि क्षेत्रमा धेरै कुराहरू एकआपसमा ‘इन्टरलिंक’ हुन्छन् । एउटा कुरालाई छाडिदिनु भयो भने अर्को कुरा पूरा हुादैन ।
बजेटको विषयलाई लिएर संसद्मा प्रतिपक्ष नरम र सत्तापक्ष नै कडा हुादै जाादै छ नि ?
हामीले असन्तुष्टिभन्दा पनि आम किसानको आवश्यकता के हो भन्ने कुरा मात्रै गरिरहेका छौा । आम किसानलाई उत्साहित र ऊर्जाशील बनाउने, राष्ट्रिय पुाजीको विकास गर्ने, कृषि पेशालाई मर्यादित बनाउने कुरा गरेका हौा । नीति तथा कार्यक्रममा प्रष्ट रूपमा आएको कुरामा पनि बजेट पछि हट्यो ।
सरकारले जनताको मन जित्ने बजेट ल्यायो भनेर भन्न सक्ने अवस्थामा तपाईं हुनुहुन्छ ?
किसानहरूका केही कुरा सम्बोधन गरिदिएको भए यो बजेट धेरै राम्रो हुन्थ्यो । आम किसानहरू जसले २००७ सालदेखि नै परिवर्तनमा महत्वपूर्ण भूमिका निर्वाह गरे, तिनीहरूलाई सम्बोधन भएन । जनयुद्धका सहिदहरू जसलाई थप पााच लाख दिने भनेको थियो, त्यसलाई सम्बोधन गरेन । ती कुराहरू गरिदिएको भए यो बजेट धेरै राम्रो हुन्थ्यो । ती महत्वपूर्ण पक्षहरूलाई छोडिदिादा बजेट अपूरो र त्रुटिपूर्ण भयो भन्ने हाम्रो भनाइ हो ।

– प्रस्तुति ऋषि धमला

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here