प्रधानन्यायाधीशमा चोलेन्द्र शमशेर जबरा सिफारिस

623

संवैधानिक परिषद्को बैठकले प्रधानन्यायाधीशमा सर्वोच्चका वरिष्ठ न्यायाधीश चोलेन्द्र शमशेर जबरालाई सिफारिस गरेको छ ।

बिहीबार बिहान बसेको संवैधानिक परिषद्को बैठकले सर्वसम्मत रुपमा जबराको नाम सिफारिस गरेको हो । बैठकमा कांग्रेस सभापति शेरबहादुर देउवा पनि सहभागि थिए । जबराको नाम सिफारिससँगै संसदीय सुनुवाइको लागि बाटो खुलेको छ ।

प्रधानमन्त्रीको अध्यक्षतामा पहिलोपटक गत मंसिर १७ मा बसेको बैठक प्रमुख प्रतिपक्षी नेता शेरबहादुर देउवाले कार्यव्यस्तता देखाएपछि निर्णय नगरी स्थगित भएको थियो।त्यसपछि लगातार मंसिर २२ का लागि बोलाइएको दोस्रो बैठकसमेत देउवाको अनुपस्थित भएका कारण स्थगित भएको थियो। २३ गते मंगलबार पनि बिहानका लागि बोलाइएको बैठक दिउँसो, अपरान्ह र साँझ भन्दै अन्तिममा बस्दै नबसी स्थगित भएको थियो। आजको बैठकमा भने देउवा उपस्थित थिए।

प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले पुस १७ मा ६५ वर्षे उमेर हदका कारण अवकाश पाउँदैछन्। संवैधानिक निकायका पदाधिकारीले अवकाश पाउनु एक महिनाअगाडि नै नयाँ नियुक्तिका लागि सिफारिस गर्नुपर्ने संवैधानिक व्यवस्था छ।

प्रधानन्यायधीशमा संसदीय सुनुवाइबाट नाम अनुमोदन भएपछि मात्रै राष्ट्रपतिले सपथ गराउने संवैधानिक व्यवस्था रहेको छ । प्रधानन्यायधीशको लागि न्यायपरिषदले सर्वोच्चका वरिष्ठ न्यायधीश दिपकराज जोशीकोे नाम पनि पहिलो नम्बरमा पठाएको थियो । तर जोशीको नाम सिफारिस हुन सकेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here