काठमाडौं– अमेरिकीले क्रिकेटर सन्दीप लामिछानेलाई भिषा दिन अस्विकार गरेको छ।
लामिछाने क्यारेबियन प्रिमियर लिगमा सहभागिता जनाउन भिषाका लागि मंगलबार बिहान महाराजगञ्जस्थित अमेरिकी दुतावास पुगेका थिए।
‘मेरो भिसा रिजेक्ट हुँदा आश्चर्यमा परेको छु’ ,सन्दीपले ट्वीट गर्दै भनेका छन्। “मैले आवश्यक सम्पूर्ण कागजात बुझाएको थिएँ, तर पनि भिषा अस्विकार गरिँदा म निःशब्द भएको छु,।”
Today I visited @USEmbassyNepal to get the visa of USA for the upcoming @CPL 2019 tournament. Being a National Cricket Player representing my country in the various leagues since 2016 around the world, i got big surprise to see my visa got rejected. @PM_Nepal @USAmbNepal
— Sandeep Lamichhane (@IamSandeep25) August 13, 2019


















