प्रतिनिधिसभा सांसद डा. सूर्यनारायण यादवद्वारा पदबाट राजीनामा

96

काठमाडौं /  प्रतिनिधिसभाका सांसद डा. सूर्यनारायण यादवले आफ्नो स्वास्थ्यको कारण देखाउँदै पदबाट  राजीनामा दिएका छन् ।

तत्कालीन संघीय समाजवादी फोरमका तर्फबाट सप्तरी १ मा विजय हासिल गरेका यादवले सोमबार सभामुख कृष्णबहादुर महरालाई राजीनामापत्र बुझाएका हुन् ।

‘मेरो स्वास्थ्यका कारणले म जनप्रतिनिधिको भूमिका निर्वाह गर्न असमर्थ भएको हुँदा राजीनामा दिएको छु’, यादवले सभामुखलाई बुझाएको राजीनामापत्रमा उल्लेख छ ।

उपेन्द्र यादव नेतृत्वको संघीय समाजवादी फोरम र बाबुराम भट्टराई नेतृत्वको नयाँ शक्ति पार्टी एकतापछि पार्टीको नाम समाजवादी पार्टी नेपाल रहेको छ । यादवले राजीनामा दिने सम्बन्धमा पार्टीमा भने कुनै छलफल नभएको जनाइएको छ ।

यादवको राजीनामा स्वीकृत भए रिक्त स्थानमा उपनिर्वाचन हुनेछ । सरकारले मंसिर १४ गते उपनिर्वाचनका लागि मिति तोकिसकेको छ । अहिलेसम्म राजीनामा स्वीकृत भने भएको छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here