धार्मिक सद्भाव खल्बल्याउने काम भएकोले अब तुरुन्त बन्द गर्नुपर्छ : रामहरि खतिवडा

216

काठमाडौं ।  कांग्रेस सांसद तथा प्रतिनिधिसभाको राज्यव्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले केही व्यक्ति तथा पार्टीले धर्मका नाममा राजनीति गरेर धार्मिक सद्भाव खल्बल्याउने काम भएको जनाएका छन् । उनले त्यसरी धार्मिक सद्भाव खल्बल्याउने काम बन्द गर्न आग्रह गरेका छन् ।

प्रतिनिधिसभाको आइतबारको बैठकमा सांसद खतिवडाले कोशी प्रदेश, सर्लाही र नेपालगन्जमा धार्मिक सद्भाव खल्बल्याउनका लागि राजनीतिक व्यक्तिहरू पनि सक्रिय रहेको बताए । त्यसरी धर्मको नाममा राजनीति गर्दा समाजमा सहिष्णुता खल्बलिएको जनाए।

‘आज देश अप्ठ्यारो अवस्थामा गइरहेको महसुस भइएको छ । केही मान्छेहरू एउटा समुदायलाई इंगित गरेर देशबाट निकाला गर्नुपर्छ भनेर वक्तव्य निकालेर हिँडेका हुन्छन् । कोही धर्मको नाउँमा राजनीति गरिरहेका हुन्छन् । धार्मिक सहिष्णुता खल्बल्याउने काममा लागेको देखिन्छ,’ उनले भने, ‘हामी नेपालीहरू एकीकृत भएर सद्भावपूर्ण रूपमा बाँचेका, बसेकालाई विभिन्न बहनामा धर्मको नाउँमा झगडा गराउने कामहरू भएको देखिन्छ ।’

धरान, सर्लाही र नेपालजन्जमा धार्मिक सद्भाव खल्बल्याउने काम भएको भन्दै तिनलाई तुरुन्त बन्द गर्नुपर्ने उनले जनाए ।

संसद्मा रहेका सबै राजनीतिक दलहरूले धार्मिक सहिष्णुताका लागि एकताबद्ध भएर अगाडि बढ्नुपर्ने खतिवडाको आग्रह थियो । ‘संसद्मा हुँदा केही गर्न नसकेपनि देशमा सबै पार्टीहरू एकताबद्ध छन् भन्ने सन्देश दिनुपर्ने आजको आवश्यकता महसुस गरेका छौं,’ उनले भने ।

त्यस्तै, कर्मचारीचतन्त्र सुस्त हुनुको कारणबारे प्रधानमन्त्रीले चासो राख्नुपर्ने खतिवडाको धारणा थियो । अख्तियारको डरले कर्मचारीले निर्णय लिन डराएका हुन् कि भन्ने उनको आशंका थियो । अर्थतन्त्रको विषयमा पनि सरकारले चासो राख्नुपर्ने उनको धारणा थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here