सैन्य कारबाही घोषणा गरेको केहीमै युक्रेनमा आक्रमण

83

काठमाडौं । रुसी राष्ट्रपति भ्लादमिर पुटिनले स्थानीय समय अनुसार पाँच बजेर ५५ मिनेटमा सैन्य कारबाही घोषणा गरेको केही मिनेटपछि युक्रेनमा आक्रमण सुरु गरिएको छ।

युक्रेनी राजधानी किभमा आपत्कालीन साइरन बज्न थालेपछि मानिसहरूले राजधानी छोडिरहेका छन्। सडकमा कारहरूको ठूलो लाइन देखिएको बीबीसीले जनाएको छ।

मानिसहरूले सडकमा प्रार्थना गर्दै गरेको र समूह-समूहमा बाँडिएको टेलिभिजन फूटेजहरूमा देखिन्छ। किभमा रहेका द गार्डिअन पत्रिकाका संवाददाता ल्युक हार्डिङले कतिपय मानिसहरू पैसा झिक्न एटीएमअगाडि लाइन बसिरहेको भन्दै ट्विटरमा पोस्ट गरेका छन्। युक्रेनका विदेशमन्त्री दिमेत्रो कुलेबाले ट्विट गर्दै भ्लादमिर पुटिनले ‘युक्रेनमाथि पूर्ण स्तरको आक्रमण शुरू गरेको’ बताएका छन्।

Black smoke rises from a military airport in Chuguyev near Kharkiv

यसैबीच रुसले युक्रेनमा गरेको सैन्य कारबाहीका क्रममा साता जनाको मृत्यु भएको छ। युक्रेनी प्रहरीले रुसले विस्फोटन गराएको बमका कारण सात जनाको ज्यान गएको बताएको बीबीसीले उल्लेख गरेको छ।

अधिकारीहरूका भनाइमा पोडेस्कस्थित सैन्य एकाइमा ६ जनाको ज्यान गएको छ भने सात जना घाइते भएका छन्। त्यहाँ अन्य १९ जना हराइरहेका छन्। मारिअपोल सहरमा अर्का एक जना व्यक्तिको पनि मृत्यु भएको छ।

रुसी सैन्य टुकडी युक्रेनको उत्तरी चेर्निहिभ र सुमी क्षेत्रहरू तथा पूर्वी लुह्यान्स्क र खार्किभ क्षेत्रमा प्रवेश गरेको युक्रेनको सीमा सुरक्षा सेवा (डीपीएसयू) ले बताएको छ। रुसी सैनिकहरूले तोप हानेको उसले बताएको छ। युक्रेनका सीमा सुरक्षा बल र सशस्त्र सेनाले शत्रुलाई रोक्नका लागि सबै उपायहरू गरिरहेको बताएको छ।

युक्रेनको सशस्त्र फौजले पाँचवटा रुसी विमान र एउटा हेलिकोप्टर खसालिदिएको दाबी गरेको छ। तर रुसी रक्षा मन्त्रालयले आफ्ना विमानहरू खसालिएको कुरा अस्वीकार गरेको छ।

तस्बिरहरु:

A huge explosion is seen at Vinnytsia military base, in central Ukraine, as the country comes under all-out attack by Russia

नेपाललाइभमा प्रकाशित

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here