एकदिवसीय क्रिकेट खेलमा भारतले अष्ट्रेलियालाई हरायो

284

अष्ट्रेलियालाई भारतले पहिलो एकदिवसीय क्रिकेट खेलमा हराउन सफल भएको छ । शनिबार राति भएको खेलमा भारतले अष्ट्रेलियालाई ६ विकेटले पराजित गरेको थियो । २३७ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको भारतले ४८.२ ओभरमा चार विकेटको क्षतिमा लक्ष्य भेटाएको थियो । भारतका लागि केदार जादब र महेन्द्रसिंह धोनीले जित दिलाएका थिए । जादब र धोनीले १४१ रनको पार्टनरसिप खेल्दै भारतलाई जित दिलाएका हुन् । जादबले ८१ र धोनीले ५९ रन बनाउँदै अविजित रहे । त्यस्तै, भारतका लागि कप्तान विराट कोहलीले ४४ र रोहित शर्माले ३७ रन बनाएका थिए । हैदरावादस्थित राजिब गान्धी क्रिकेट रंगशालामा यसअघि टस जितेर पहिले ब्याटिङ गरेको अष्ट्रेलियाले ५० ओभरमा सात विकेटको क्षतिमा २३६ रन बनाएको थियो । अष्ट्रेलियाका उस्मान खवाजाले ५०, ग्लेन म्याक्शवेलले ४०, मार्कस स्टोइनिसले ३७ र एलेक्स केरी ३६ रन बनाएको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here