बार्यन म्युनिखले बोरुसिया डर्टमुन्डको अंक बराबरी

84

बार्यन म्युनिखले बुन्डेजलिगामा बोरुसिया मानचाङ्लेबाखलाई हराउँदै लिग लिडर बोरुसिया डर्टमुन्डसँग अंक बराबरी गरेको छ । शनिबार राति भएको खेलमा बार्यनले मानचाङ्लेबाखलाई ५-१ गोल अन्तरले हराउन सफल रह्यो । बार्यनले दोस्रो मिनेटमा नै मार्टिनेज आगिनागाले शुरुमै गोल गरेका थियो । ११ औं मिनेटमा थोमस मुलरले दोस्रो गोल गरे । खेलको ३७ औं मिनेटमा स्टिन्डलले बोरुसिया मानचाङ्लेबाखका लागि गोल गरे । तर, दोस्रो हाफमा बार्यन हाभी भयो । सुरुमै रोबर्ट लेभान्डोस्कीले गोल गरे । ७५ औं मिनेटमा सर्ज गनाब्रीले गोल गरे भने इन्जुरी टाइममा पाएको पेनाल्टीमा लेभान्डोसीले गोल गर्दै बार्यज म्युनिखलाई ५-१ गोल अन्तरले हराउन सफल रह्यो । त्यसअघि बोरुसिया डर्टमुन्डले बार्यन लिभरकुसनलाई ३-२ गोल अन्तरले हराएको थियो । यो जितपछि दुवै टोलीको २३ खेलबाट समान ५४ अंक भएको छ । गोल अन्तरका आधारमा बोरुसिया डर्टमुन्ड शीर्ष स्थानमा छ भने बार्यन दोस्रो स्थानमा रहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here