
एजेन्सी – इजरायलले सैन्य निगरानीका लागि उच्चस्तरीय निगरानीका लागि भन्दै एक जासूसी स्याटलाइट प्रक्षेपण गरेको छ ।
स्याटलाइटको उद्देश्यबारे विस्तृतमा खुलाइएको छैन । तर इजरायलको सामुदायिक रेडियोले स्याटलाइटले छिमेकी इरानको आणविक गतिविधिको निगरानी गर्ने जनाएको छ । इरानले भने आफ्नो आणविक कार्यक्रममा सैन्य सम्बन्ध अस्वीकार गरेको छ ।
इजरायलका रक्षामन्त्री तथा वैकल्पिक प्रधानमन्त्री बेन्नी गान्त्जले खुफिया क्षमता इजरायलको सुरक्षाका लागि अत्यावस्यक भएको बताएका छन् । ‘हामी प्रत्येक मोर्चामा, प्रत्येक स्थानमा इजरायलको क्षमता सुदृढ र बलियो बनाउन निरन्तरता दिनेछौँ,’ गान्त्जले भनेको खबर आजको अन्नपुर्ण पोस्टले प्रकाशन गरेको छ ।


















