दुई करोड २२ लाख भन्दा बढी मानिसमा कोरोना

62

काठमाडौं – विश्वभर दुई करोड २२ लाख भन्दा बढी मानिसमा कोरोना संक्रमण पुष्टि भएको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ)का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड २२ लाख दुई सय ६५ नाघेको छ ।

सोमबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या सात लाख ३३ हजार नौ सय ७१ पुगेको छ भने एक करोड २८ लाख ९७ हजार सात सय ९९ जना कोरोनालाइ जितेका छन् । 

चीनको हुबे प्रान्तको वुहान शहरबाट गत वर्षको डिसेम्बरको अन्त्यबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी गरेकाे छ  ।

अमेरिकामा मात्र एक लाख ६५ हजार ६ सय १७ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख एक हजार एक सय ३६ , भारतमा ४४ हजार चार सय ६६ जनाले कोरोनाबाट गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो मय मेक्सिकोमा समेत संक्रमणको दर बढ्दै गएको छ ।

यसका साथै  मेक्सिकोमा ५२ हजार दुई सय ९८ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै दुई सय ९२ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here