एजेन्सी – युराेपेली देश रुसले विकास गरेको कोरोना भाइरसको भ्याक्सिन अबको दुई दिनभित्र सार्वजनिक प्रयोगका लागि अनुमोदन हुने भएको छ । मस्कोस्थित गामलियाले विकास गरेको भ्याक्सिन अनुमोदित भएमा यो सार्वजनिक प्रयोगमा आउने विश्वकै पहिलो कोरोना भ्याक्सिन हुने भएको छ ।
भ्याक्सिन विकासमा चीन पनि अगाडि छ । उसले एउटा भ्याक्सिन अनुमोदन गरिसकेको छ । तर, उक्त भ्याक्सिन सैनिकका लागि मात्र प्रयोगमा ल्याइएको छ । अमेरिकाको मोर्डना, युरोपको अक्सफोर्ड एस्ट्राजेनिका, पिफाइजरसहित छवटा भ्याक्सिन तेस्रो चरणको मानव परीक्षणको क्रममा छन् । विश्वभर २३ वटा भ्याक्सिन क्लिनिकल ट्रायलको चरणमा छन् । १६० भ्याक्सिन विकासको क्रममा रहेको छ ।