सुन प्रति ताेला २ सय रुपैयाँका दरले घट्यो

224

काठमाडाैं – सुनको भाउ आज तोलामा २ सय रुपैयाँ घटेको छ ।

सुन आज तोलामा एक लाख दुई हजार ४ सय रुपैयाँमा झरेको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

हिजो ९ सय रुपैयाँ घटेर सुन तोलाको एक लाख दुई हजार ६ सय रुपैयाँ तोकिएको थियो । केही दिनयता लगातार बढेको सुनको भाउ हिजो र आज भने केही घटेको छ ।

चाँदीको भाउ पनि आज १५ रुपैयाँ घटेर तोलाको १३ सय ९५ रुपैयाँ निर्धारण गरिएको नेपाल सुनचाँदी व्यवसायी महासङ्घले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here