यस बर्ष मलको संकट हुँदैनः मन्त्री भुसाल

27

काठमाडौं  । कृषि, विज्ञान तथा प्रविधिमन्त्री डा. वेदुराम भुसालले चालु वर्षका लागि आवश्यक मलखाद खरिद गरिसकेको जनाएका छन्।

भक्तपुरमा शनिवार आयोजित नेकपा (एकीकृत समाजवादी) भक्तपुरको प्रथम जिल्ला अधिवेशनलाई सम्बोधन गर्दै उनले सरकारले यस वर्षका लागि आवश्यक मल खरिद गरिसकेको र केही आइसकेको, केही भने आउन बाँकी रहेको जनाए ।

उनले मलका लागि ठूलो संकट नहुने बताए। उनले कृषि क्षेत्रको विकासका लागि मन्त्रालयले काम गरिरहेको र मलमा बजेटको सुनिश्चितता गरिएको बताए। मन्त्री भुसालले आफ्नो पार्टी दुई वटा मन्त्रालय लिएर सरकारमा सहभागी भएको तर निर्णायक भने नभएकाले आफ्नो हिसाबले काम गर्न नसकेको जनाए।

उनले मन्त्रालयले बाँझो रहेको जमिनलाई उपयोग गर्ने नीति र बजेट छुट्याउने काम भएको जनाए । उनले कृषिको बजारीकरण, औद्योगीकरणको समस्या समाधानका लागि पहल गरिएको पनि बताए। मन्त्री भुसालले बाँझो जमिनको उपयोग बढाउने नीति लिएर आफूले काम गरिरहेको जनाए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here