कारोबार दिन सुनचाँदीको मूल्य स्थिर

30

काठमाडौं । साताको पहिलो कारोबार दिन आइतबार नेपाली बजारमा सुनचाँदीको मूल्य स्थिर रहेको छ।

नेपाल सुनचाँदी व्यावसायी महासंघका अनुसार आज छापावाला सुन शुक्रबारकै मूल्य १ लाख १२ हजार ५ सय रुपैयाँमा कारोबार भइरहेको छ।

महासंघका अनुसार आज तेजावी सुन प्रति तोला १ लाख ११ हजार ९५० रुपैयाँमा कारोबार भइरहेको छ। साथै, आज चाँदी प्रति तोला १ हजार ४५५ रुपैयाँमा कारोबार भइरहेको महासंघले जनाएको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here