काठमाडौं – विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड १० लाख नाघेको छ । विश्व स्वास्थ्य संगठनका अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड १० लाख ७९ हजार तीन सय पाँचजना पुगेको छ ।
अमेरिकामा मात्र एक लाख ७० हजार चार सय १५ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख पाँच हजार पाँच सय ६४ , भारतमा ४८ हजार एक सय ४४ जनाले कोरोनाका कारण गुमाईसकेका छन् । तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ ।
आजसम्म मेक्सिकोमा ५५ हजार दुई सय ९३ जनाले संक्रमणबाट ज्यान गुमाइसकेका छन् । मेक्सिकोमा पछिल्लो २४ घण्टामा मात्रै ६ सय २७ जनाले ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।
शुक्रबारसम्म नेपालमा कोरोना संक्रमितको संख्या २४ हजार नौ सय ५७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । हालसम्म १६ हजार आठ सय ३८ जना संक्रमण मुक्त भइसकेका छन् भने ९५ जनाले ज्यान गुमाएका छन् ।


















