कोरोना कोषमा नबिल बैंकको ६ करोड सहयोग

94
काठमाडौं – नबिल बैंकले नेपाल सरकारको कोरोना संक्रमण रोकथाम, नियन्त्रण र उपचारका लागि खडा गरिएको कोषमा ६ करोड रुपैया“ हस्तान्तरण गरेको छ ।
बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल केशरी शाहले सो रकमको चेक अर्थमन्त्री युवराज खतिवडालाई आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा हस्तान्तरण गरे । उक्त कार्यक्रममा बैंकको संस्थागत सामाजिक उत्तरदायित्वका सञ्योजक निर्वाण्ँ चौधरीको पनि उपस्थिति रहेको थियो ।

उक्त समारोहमा शाहले नबिल बैंकले नेपालमा कोरोना भाइरस महामारीका प्रभावहरूविरुद्ध लड्न नेपाल सरकारको प्रयासमा योगदान पु¥याउन पाउनु ठूलो सम्मान भएको जनाए ।  उनले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व कोष नेपालभरि आफ्ना ग्राहकहरूलाई बैंङ्किङ सेवाहरू प्रदान गर्ने नबिल कर्मचारीहरूको प्रयासबाट उत्पन्न भएको र यो अनुदान प्रत्येक नबिलियनको समर्पणको परिणाम भएको बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here