कोरोना संक्रमितकाे मृत्य मलामी गएका गाउँले त्रसित

186

सिरहा – सिरहाको मिर्चैयामा बुधबार मृत्यु भएका एकजना पुरुषमा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।

सरहाको मिर्चैया नगरपालिका–४ कुथनमाका का ६८ वर्षीय मृतकको पीसीआर रिपोर्ट शुक्रबार पोजेटिभ आएको हो ।

बुधबार उनी गाउँमा हिँडडुल गर्दागर्दै एक्कासि बेहोस भएर ढलेका थिए । पछिल्लो समय उनी रुघाखोकी र ज्वरोबाट शिकिस्त थिए । लामो समयदेखि उनी दीर्घ रोगी समेत रहेको मिर्चैयाका स्वास्थ शाखा प्रमुख सुरेष सिहले बताए ।

कोरोना जस्तो लक्षण देखा  परेपछि मंगलबार ती पुरुषको थ्रोट स्वाब लिइएको थियो । बुधबार नै मृत्यु भएका उनको रिपोर्ट आउनु पूर्व गाउँलेहरुले हिन्दु रितिरिबाजअनुसार विधिपूर्वक दाहसंस्कार गरेका थिए । तर, दाहसंस्कारपछि बेलुकी मृतकको रिपोर्ट पोजेटिभ देखिएपछि सिंगो गाउँमै संत्रास छाएको छ ।

दाहसंस्कार गर्ने गाउँ र आफन्त गरी १५० जना भन्दा बढि मानिस सहभागी थिए । सिरहामा योसहित  कोरोनाबाट भाइरसबाट मृत्यु हुनेको संख्या तीन पुगेको छ।  सिरहाको गोलबजार, मिर्चैया नगरपालिका र विष्णुपुर गाउँपालिकामा एक÷एक जनाको मृत्यु भएको हो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here