विश्वभर कोरोना संक्रमितको संख्या करिव दुई करोड ३४ लाख नजीक

95

काठमाडौं – सक्रमितको संख्या दुई करोड ३३ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ३३ लाख ७७ हजार आठ सय ६ नाघेको छ ।

आइतबार विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख आठ हजार पाँच सय ८८ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ५९ लाख चार हजार दुई सय ८८ नाघेको छ ।  गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अमेरिकामा मात्र एक लाख ८० हजार एक सय ७४ जनाले कोरोनाकै कारण ज्यान गुमाइसकेका छन् । त्यस्तै,ब्राजिलमा एक लाख १४ हजार दुई सय ७७, भारतमा ५६ हजार आठ सय ४६ जनाले कोरोनाका कारण गुमाईसकेका छन् ।विश्वभर  तथ्याङक अनुसार पछिल्लो समय मेक्सिकोमा समेत संक्रमणको ग्राफ बढ्दै गएको छ । मेक्सिकोमा पछिल्लो २४ घण्टामा ६ सय ४४ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाइसकेका छन् । हालसम्म मेस्सिकोमा ६० हजार दुई सय ५४ जनाको ज्यान गइसकेको छ ।

आजसम्म नेपालमा कोरोना संक्रमितको संख्या ३१ हजार एक सय १७ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।  हालसम्म १८ हजार तीन सय ५० जनाले कोरोना जितेका छन भने एक सय ४६ जनाले कोरोना संक्रमणबाट ज्यान गुमाएका छन् ।

शनिबार मात्रै नेपालमा नौ जनाले कोरोनाका कारण ज्यान गुमाएको तथ्याङकले देखाएको छ ।  त्यस्तै शनिबार राती अबेर चितवनस्थित भरतपुर मेडिकल कलेजमा एक जना महिलाको मृत्यु भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here