डबल नेकपाका अध्यक्ष प्रचण्ड एक्लाे भए

234

काठमाडौं । दशबर्षे जनयुद्दबाट चमत्कारिक नेता बन्न सफल भएका पुष्पकमल दाहाल प्रचण्डको राजनीतिक खेल थप असफलतातर्फ ओह्रालो लाग्दै गरेको छ । मोहन बैद्य ,बाबुराम र बिप्लव लगायतका जनयुद्दकालीन सहयात्रीहरुलाई धोका दिएर स्वार्थको राजनीतिमा चलखेल गर्ने उन्को सपनामा ब्रेक लाग्ने भएको छ ।

 प्रधानमंत्री केपी ओलीलाई प्रधानमंत्री र पार्टीको अध्यक्षसमेतबाट गिराएर पार्टी र सरकारमै आफ्नो हालीमुहाली जमाउने प्रचण्डको खुराफाती खेललाई साथ दिन असहमत हुँदै बामदेव गौतमले पार्टी एकताको पक्षमा भन्दै ओलीको सत्ता संकटलाई समाप्त पार्ने गरी ६ बुँदे प्रस्ताव प्श गरेपछि नै प्रचण्डको खुराफाती खेलमा ब्रेक लागेको हो । बामदेवको प्रस्ताव पछि ओलीको सत्तासंकट र डबल नेकपाको बिभाजनको खतरा समेत टरेपछि प्रचण्डले आफ्नो स्वार्थ हासिल गर्न केपी ओलीकै चाहना अनुरुपका गतिबिधि गर्नु पर्ने बाध्यता बनेको छ । तर प्रचण्डका यस्ता गतिबिधि देखिन थालेपछि भने उन्लाई साथ दिंदै आएका वरिष्ठ नेता माधव कुमार नेपालले पनि साथ छोडेका छन् ।

डबल नेकपाका दुई अध्यक्ष ओली र प्रचण्डले सन्तुलन मिलाएर गठन गरेको कार्यदलले अन्ततः दुई अध्यक्षलाई मात्रै चित्त बुझाउने गरी प्रतिबेदन बुझाए पछि बरिष्ठ नेता माधव कुमार नेपाल आक्रोशित भएका छन् ।

ओलीका किट मानिने महासचिव विष्णु पौडेलको नेतृत्वमा गठन भएको कार्यदलले पार्टीभित्रका आन्तरिक विवाद समाधान गर्नको लागि महत्वपूर्ण सुझाव भन्दै ओलीलाई सर्बशक्तिमान बनाउने गरी अध्यक्षद्धयलाई गत शनिबार प्रतिवेदन बुझाए पछि माधव नेपाल झस्किएका छन् । ।

प्रतिवेदनले अध्यक्ष तथा प्रधानमन्त्री ओलीलाई थप शक्तिशाली बनाएको र एक व्यक्ति, एक पदको मागको बारेमा केही नबोलेको भन्दै वरिष्ठ नेता माधव कुमार नेपाल अशन्तुष्ट बनेका छन् । उनले आफूनिकट नेताहरुसँग प्रतिवेदन स्विकार्य नहुने भन्दै सचिवालयमा खरो रुपमा प्रस्तुत हुनेबारे जानकारी गराईसकेका छन् । सचिवालय बैठक यही भदौ १३ गतेको लागि बोलाईएको छ ।

कार्यदलमा सहभागी हुन पुगेका नेता नेपाल पक्षका सदस्य  भीम बहादुर रावल र भःलनाथ खनालको कोटाबाट  सहभागी भएका सुरेन्द्र पाण्डेको भूमिकालाई लिएर पनि नेता नेपाल असन्तुष्ट भएका छन् । उनीहरुले मन्त्री बन्ने लोभमा विधि र प्रक्रियाको कुरा जोडदारसँग उठाउन नसकेको नेपालको आरोप रहेको छ । कार्यदलमा रहेका अधिकांश सदस्यहरु मन्त्रिमण्डल पुनर्गठन हुँदा मन्त्री बन्ने चर्चा पनि चलिरहेको छ ।

नेता नेपालले एक व्यक्ति एक मुख्य पदको एजेण्डा लागु गर्नुपर्ने, र विधि र पद्धति अनुसार पार्टीलाई चलाउने कुरामा कुनै सम्झौता नहुने भन्दै आगामी सचिवालय बैठकमा कडा रुपमा प्रस्तुत हुने रणनीति बनाएका छन् । उनले आफूले सुरुदेखि नै पार्टी एकतालाई बलियो र सुदृढ बनाउनका लागि पहलकदमी लिएको र विधि र विधानअनुसार पार्टी सञ्चालन हुनुपर्नेमा जोड दिएको पनि नेता नेपालले आफूनिकटहरुसँग जनाएका छन् । उनले पार्टीमा अध्यक्षद्धय ओली र दाहाल मात्रै मिलेर एकलौटी वा मनपरी गर्न खोजे ठीक नहुने  चेतावनी समेत दिएका छन् ।

पार्टी एकीकरण हुँदाका बखत माओबादी केन्द्रबाट नेतृत्वमा पुगेका अधिकांशले समेत प्रचण्डको साथ छोडेका छन् । प्रचण्डमा शैद्दान्तिक बिचलन आएको भन्दै कोही ओलीको पछि लागेका छन् भने कोही माधव नेपालको अडानलाई साथ दिने अवस्थामा पुगेका छन् । तर ओलीको पछि लाग्न पुगेकाहरुमा भने बैचारिक भन्दा पनि मंत्री बन्ने प्रलोभन देखिएको पाईन्छ ।

यसैबीच वरिष्ठ नेता माधव नेपाल अमेरिकी स्वार्थमा नेपालमा ल्याउन खोजिएको एमसीसीको पनि बिपक्षमा रहँदै आएका नेता हुन् । उन्को बिश्वासमा रहेका र हालसम्म एमसीसीको बिपक्षमा रहँदै आएका भीम रावल पनि ंमंत्री बन्ने प्रलोभनमा परेर एमसीसीको पक्षमा लचिलो बनेको आरोप लागिरहेको छ । ओली र प्रचण्डले गठन गरेको उक्त कार्यदलले एमसीसीलाई पारित गर्ने सुझाव दिएर अमेरिकी साम्राज्यबादको स्वार्थमा पार्टीलाई दुरुपयोग गर्न खोजिएको आरोप डबल नेकपा भित्रका धेरैजसो नेता र कार्यकर्ताले लगाईरहेका छन् । नेता नेपालले पार्टी भित्रको बैचारिक पक्षको समेत नेतृत्व लिएर अगाडि बढ्ने सम्भावना देखिएको छ । नेपालले समेत साथ छोडेपछि प्रचण्ड अब ओलीको पिछलग्गु भएर घिसारिने बाहेक अर्को बिकल्प उनीसंग नरहने देखिएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here