बिगतदेखि नै एमसीसी खारेजिको माग गर्दै सडक आन्दोलनमा होमिएको अभियानले एमसीसी खारेजिको धर्ना बस्ने देखि सडकर्म सुत्नेसम्मका विरोध कार्यक्रम गर्ने चेतावनी दिएको छ । अभियानको हालै बसेको भर्चुअल बैठकले गरेका विभिन्न निर्णय सार्वजनिक गर्नेक्रममा अभियानका संयोजक नारायण शर्माद्वारा जारी विज्ञप्तीमा उक्त चेतावनी दिइएको हो ।
एमसीसी खारेज हुनुपर्ने भन्दै यसअघि सडक आन्दोलनसमेत गरेको अभियानको हालै सम्पन्न भर्चुअल बैठकले एमसीसी विरुद्द आन्दोलनको आँधीबेहरी ल्याएर जसरी पनि असफल पार्ने निर्णय गरेको छ । सत्तारुढ दल नेकपाका स्थायी समिति सदस्य तथा एमसीसी विरुद्ध जनस्तरमा पुगेका लिलामणि पोखरेलको प्रमुख आतिथ्यतामा सम्पन्न उक्त बैठकमा देशविदेशबाट ५६ जनाको सहभागिता रहेको जनाइएकाे छ ।
१) वर्तमान परिप्रेक्ष्यमा अब अभियानको कार्यदिशा र कार्यक्रम के कस्ता हुने भन्ने विषय आजको बैठकको मुख्य विषय हुनुपर्ने रायसहित सर्वप्रथम क। स्वनाम साथीले आफ्नो विचारसहित बैठकलाई मार्गनिर्देशन गर्दै बैठक संचालनार्थ संयोजक नारायण शर्मालाई जिम्मेवारी दिनु भयो । तत्पश्चात संयोजकले बैठक संचालन गर्दै प्रमुख अतिथि, संरक्षक अभियन्ता उपस्थित सबै अभियन्ताहरुलाई स्वागत-अभिवादन गर्दै सत्तारुढ पार्टीको पछिल्लो कार्यदलको अन्ततः र परिणामतस् MCC अनुमोदन गर्ने भन्ने सुझावले MCC खारेज अभियान र यसका अभियन्ता तथा सम्पूर्ण स्वाभिमानी देसभक्त नेपाली जनसमुदायहरुलाई विस्मित र अचम्मित पारेको उल्लेख गर्दै यसबारे अझ स्पस्टता र दृढताका साथ आगामी दिनमा झन् सशक्तता र व्यापकतामा संघर्ष संचालन गर्नुपर्ने आवश्यकता औंल्याउनु भयो १ तत्पश्चात आगामी कार्यक्रमबारे केन्दृत भै आआफ्ना सुझाव राख्न अनुरोध गर्दै बैठक अगाडि बढ्यो ।
२) उपस्थित सबैजसो अभियन्ताहरुबाट MCC बारे आआफ्ना धारणा सहित आआफ्ना क्षेत्रमा भए-गरिएका कामकार्वाहीहरुको संक्षिप्त जानकारी दिंदै आगामी कार्यक्रमहरुका सम्बन्धमा महत्वपूर्ण सुझावहरु प्रस्तुत गरियो ।
३) प्रमुख अतिथी क। लीलामणि पोख्रेलले बैठकलाई सम्बोधन गर्दै अभियान संचालन गरेकोमा खुसी व्यक्त गर्नुभयो र MCC बारे बैठकलाई प्रशिक्षित र प्रज्वलित गर्नु भयो । साथै उहाँले राष्ट्रहित विरुद्धको यो MCC नयाँ इष्ट इन्डिया कम्पनी भएको र यसको कथित अनुदानले देस विकास गर्ने होइन, उपनिवेश बनाउने हुनाले प्रथमतः यो पार्टीबाटै अनुमोदन नहुने र कथं विभिन्न बहानामा अनुमोदनको दिशामा जानलागेमा आफूसमेत सडक संघर्षमा नेकपाकै हजारौ नेता कार्यकर्ताहरु उत्रने र पार्टी र संसदबाट पारित गरिने भनिएको यो प्रस्तावलाई जन आन्दोलनको आँधीबेहरीद्वारा असफल पारिने बताउनु भयो ।
ख) नेकपाको हालैको MCC अनुमोदन गर्ने आसयको रायसुझावमा निहित वास्तविकता, अन्तर्य र अभिप्रायबारे स्पष्ट हुनको लागि उक्त कार्यदलकै MCC विरोधी ठानिएका सदस्यमध्येबाट कुनै एक जना सदस्यनेतासँग अभियानकर्मीहरुको एक अन्तर्कृया गर्ने ।
ग) तत्पश्चात आवश्यकता र सम्भाव्यताको आधारमा MCC पक्ष र विपक्षका नेकपाकै उच्च नेतृत्व तहबाट एक एक जनाको संयुक्त उपस्थितिमा वादविवादजन्य प्रशिक्षणमूलक एक बृहत् अन्तर्कृया सम्पन्न गर्ने । यससम्बन्धी प्राविधिक व्यवस्था र संयोजनको जिम्मा संचारकर्मी सकृय युवानेता अभियन्ता क. मनहरि तिमिल्सिनालाई दिइएको छ ।
घ) कोरोना महामारी र बन्दाबन्दीको अवस्था तथा MCC अनुमोदनको खतरालाई मध्यनजर गर्दै सम्भवभएसम्म छिटो नेकपाका पार्टी कार्यालयहरुमा र राज्यका प्रशासकीय केन्द्रहरुमा धर्ना बस्ने, सडकमै सुत्ने लगायतका जुझारु संघर्षका विविध कार्यक्रम गर्ने ।
ङ) MCC बारेको प्रस्तावमा छलफल गरी निर्णय लिन बस्दै गरेका नेकपाका बैठक खासगरी स्थायी र केन्द्रीय समिति तथा संघीय संसदको बैठकका सन्दर्भमा सम्बन्धित सदस्य र सांसदहरुलाई MCC पास नगर्न- नगराउनको लागि सुझाव, दवाव र खबर्दारी स्वरुप फोन, sms, इमेल आदि गर्ने ।
च। MCC विरुद्धमा विभिन्न बिज्ञ- विशेषज्ञ र विद्वान- अध्येताहरुलाई प्रेरित र परिचालित गर्दै आम संचारमाध्यम र सामाजिक सन्जाल आदिको अधिकतम सदुपयोग गर्ने । यसक्रममा अभियन्ता स्वयंले पनि लेख- रचना, अन्तर्वार्ता, वक्तव्य, टिप्पणी, फेसबुक Status आदिलाई भाइरल बनाई व्यापक पार्ने, आदि ।
छ। अभियानलाई व्यापक, सशक्त र निर्णायक रुपले सफल पार्नको लागि यसका शाखा – प्रशाखाहरुलाई देसका विभिन्न प्रदेस र जिल्लाहरु एवम् विदेसका विभिन्न स्थानहरुमा विस्तार गर्न जोड गर्ने र ती मार्फत कार्यक्रमहरु सम्पन्न गर्ने-गराउने प्रयास गर्ने ।
अन्तमा बैठक भव्यता र उत्साहका साथ बैठक भएको उल्लेख गर्दै बैठकमा उपस्थित प्रमुख अतिथि, संरक्षक अभियन्ता लगायत सम्पूर्ण अभियन्ताहरुप्रती हार्दिक धन्यवाद र आभार प्रकट गरी संयोजक संचालक नारायण शर्माबाट बैठक सम्पन्न भएको घोषणा गरियो।”


















