कोरोना सक्रमितको संख्या दुई करोड ५१ लाख नाघ्याे

70

काठमाडौं – विश्वभर कोरोना सक्रमितको संख्या दुई करोड ५१ लाख नाघेको छ । विश्व स्वास्थ्य संगठन (डब्लुएचओ) का अनुसार विश्वभर कोरोना संक्रमितको संख्या दुई करोड ५१ लाख ६४ हजार दुई सय १७ नाघेको छ ।

आज विहानसम्म विश्वभर कोरोना भाइरसबाट ज्यान गुमाउनेको संख्या आठ लाख ४६ हजार सय सय ४३ पुगेको छ भने कोरोना जित्नेको संख्या एक करोड ७५ लाख सात हजार दुई सय ५७ नाघेको छ ।

गत वर्षको डिसेम्बरको अन्त्यबाट चीनको हुबे प्रान्तको वुहान शहरबाट शुरु भएको कोरोना भाइरस संक्रमणबाट हालसम्म अमेरिका सबैभन्दा बढी प्रभावित छ।

अहिलेसम्म अमेरिकामा कोरोनाबाट एक लाख ८६ हजार आठ सय ५५, ब्राजिलमा एक लाख २० हजार चार सय ९८, भारतमा ६३ हजार ६ सय ५७, मेक्सिकोमा ६३ हजार आठ सय १९ र नेपालमा दुई सय सात जनाको मृत्यु भईसकेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here