कास्की – सरकारी छाप तथा दस्तखत किर्ते मुद्दाका फरार तीन आरोपीहरुलाई कास्की प्रहरीले पक्राउ गरेको छ ।
पर्वत मोदी गाउँपालिकाका ३७ वर्षीय निर्दोष गिरी, कास्की पोखरा महानगरपालिकाका २४ वर्षीय ऋषिराम गिरी र कास्की पोखरा महानगरपालिकाकै २२ वर्षीय असिम भण्डारी पक्राउ परेको प्रहरीले जनाएको छ ।
निर्दोष गिरी पोखरा महानगरपालिका–१४ चाउथे, ऋषिराम गिरी पोखरा महानगरपालिका–२६ विजयपुर र असिम भण्डारी पोखरा महानगरपालिका–२ हरिचोकबाट पक्राउ परेका हुन् । पक्राउ परेका तीनै जनालाई अदालतमा पेश गरिएको एसपी श्रैष्ठले जनाए ।


















