भारतले पबजीसहित ११८ मोबाइल एप्समाथि प्रतिबन्ध लगाउने निर्णय गरेको छ । भारतको सूचना तथा प्रविधि मन्त्रालयले बुधबार यस्तो निर्णय गरेको हो । मन्त्रालयले विज्ञप्ति जारी गर्दै यस्तो जानकारी दिएको हो ।
मन्त्रालयले सार्वजनिक गरिएको विज्ञप्तिमा यी मोबाइल एपहरु भारतको सम्प्रभुता र अखण्डता, सुरक्षा र सार्वजनिक व्यवस्थाप्रति पूर्वाग्रही रहेको जनाएकाे छ ।
पछिल्लो समय चीनसँग भारतको तनाव बढिरहेको समयमा भारतले यस्तो निर्णय गरेको हो । यसअघि पनि भारतले चीनसँग जोडिएका ५९ मोबाइल एपमा प्रतिबन्ध लगाउने निर्णय गरेको थियो । जसमा लोकपि्रय भिडियो एप टिकटक पनि सामेल थियो ।
स्रोत : लाइभमिन्ट


















