बेलायतका फुटबलरको सुविधा बराबर

72

एजेन्सी – इंग्ल्यान्डको फुटबल एसोसिएसन (एफए) ले महिलाको राष्ट्रिय टिमका खेलाडीले समेत पुरुष सरहको सेवा सुविधा प्राप्त गरिरहेको जनाएको छ ।

एफएले बुधबार पुरुष र महिला फुटबल खेलाडीलाई समान तलब सुविधा र भत्ता पाईरहेको घोषणा गरेको हो ।

गत जनवरीबाटै आफ्ना महिला टिमका खेलाडीले पुरुषको बराबर सुविधा पाईरहेको एफएले जनाएको छ ।

‘एफएले आफ्ना महिला खेलाडीहरूलाई इंग्ल्यान्डको पुरुष खेलाडी जत्तिकै भुक्तान गर्दछ । खेल शुल्क र खेल बोनस दुबैमा,’ एफएले भनेको छ, ‘यो समानता २०२० को जनवरीबाट सुरु भएको हो ।’

ब्राजिलले बिहीबार मात्रै महिला र पुरुष खेलाडीलाई समान सुविधा दिने बताएको थियो ।
यस घि अष्ट्रिया, नर्वे र न्युजिल्याण्ड लगायतका देशले महिला तथा पुरुष खेलाडीलाई समान तलब सुविधा उपलब्ध गराउँदै आएका छन् ।

यस्तै पछिल्लो समय महिला खेलाडीलाई समेत समान सेवा सुविधा दिनु पर्ने माग चलिरहेको छ । अमेरिकामा महिला खेलाडीले समान सुविधाका लागि मुद्दा लडिरहेको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here