काठमाडौं- शनिबार काठमाडौं उपत्यकाम ४०८ कोरोना संक्रमित थपिएका छन्।
त्यसैगरि, काठमाडौंमा ६ हजार ३ सय ३४, ललितपुरका ८८७ र भक्तपुरमा ६७९ संक्रमित पुगेका छन्।
पछिल्लो २४ घण्टामा देशभर ३४९ महिला र ६९२ पुरुष गरी १ हजार ४१ नयाँ संक्रमित थपिएका छन्। कूल संक्रमितको संख्या ४५ हजार २ सय ७७ पुगेको छ। २४ घण्टा १ हजा ५ सय ६६ जना डिस्चार्ज भएसँगै २७ हजार १ सय २७ जना संक्रमणमुक्त भएका छन्।


















