दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या

253

विराटनगर – मागे जति दाइजो नदिएको भन्दै भगाएर विवाह गरेपछि छोरीको हत्या भएको आरोप आफन्तले लगाएका छन्। सुनसरीको देवागंज गाउँपालिका ३ की २२ वर्षीय रिङ्की कुमारी मेहतालाई भगाएर बिहे गरेको परिवारले मागेको १० लाख दाइजो नदिएको नाममा उनकै हत्या गरेको आरोप लागेको हो।

भदौ ३ गते सोही गाउँपालिका–४ निवासी रमेशकुमार मेहताले छोरीलाई अपहरण शैलीमा जबरजस्ती भगाएर घर लगेको २४ घण्टा नबित्दै दाइजोको लागि हत्या गरेको मृतकका बुवा जयकिशोर महतोको आरोप छ।

विराटनगरस्थित ईडन वर्ग कलेजमा बीबीएस दोस्रो वर्षमा अध्ययनरत रिङकु भदौ १ गते गढी गाउँपालिका ४ स्थित छिटहामा रहेको दाजु जयप्रकाश मेहताको घर गएकी थिइन्।

गालामा डण्डीफोर र दाँतको समस्या रहेकाले दाजुले विराटनगरस्थित कोशी अस्पतालमा उपचार गराएका थिए । उपचार पश्चात दुई दिन दाजुको घरमा बसेर उनले भदौ ३ गते बहिनीलाई फोन गरेर घर आउन लागेको जानकारी गराएकी थिइन्।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here