टिकटक कम्पनीले स्मार्टफोन बनाउने

214

एजेन्सी / चर्चित भिडियो सेयरिङ एप्लिकेसन टिकटकको प्रसिद्धिसँगै टिकटक निर्माता कम्पनीले स्मार्टफोन बनाउने भएको छ। टिकटक निर्माता कम्पनी चिनियाँ कम्पनी ‘बाइटडान्स’ हो। बाइटडान्सका अनुसार उनीहरुले निर्माण गरेको टिकटक एपको प्रयोगकर्ता ५० करोड छन्।

टिकटकमा १५ सेकेन्डको भिडियो पोस्ट गर्न मिल्छ। यो एप प्लेस्टोरबाट सय करोडभन्दा बढीले डाउनलोड गरिसकेका छन्।बाइटडान्सका अनुसार टिकटकको सफलतापछि उनीहरुलाई स्मार्टफोन बनाउन मन लागेको हो। बाइटडान्ससँग टिकटकसँगै स्लेक, फ्पिचार्ट, टोटिओ लगायतका चर्चित एप पनि छन्। बाइटडान्सको नयाँ स्मार्टफोन सात महिनाभित्र सार्वजनिक भइसक्ने चीनको आर्थिक पत्रिका केन्जिङले उल्लेख गरेको छ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here