उनकाअनुसार काठमाडौंका सिडिओको आदेशअनुसार नै प्रहरीले माईतीघरमा कुनैपनि किसिमको भेला, सभा, सम्मेलन वा प्रदर्शन गर्न नदिनको लागि यस्तो कदम चालेको हो । प्रहरीले माईकिङ गर्दै भेला नहुन आग्रह गरिरहेको छ । घिसिङलाई प्राधिकरणको कार्यकारी निर्देशकमा फेरि नियुक्त गर्न माग गर्दै आज विहानमात्रै काठमाडौंको जोरपाटी र बालाजुमा पनि प्रदर्शन भएको थियो ।
माईतीघरको प्रदर्शनमा पूर्व प्रधानसेनापति रुकमांगत कटुवाललगायतका व्यक्तिहरु सहभागी हुने जनाइएकाे छ ।
























